
११ वैशाख, काठमाडौं । आकर्षक तलबमा अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको अजिरकोट गाउँपालिका-४ का २२ वर्षीय अनिल देवकोटा रहेका छन् ।
प्रहरीका अनुसार देवकोटाले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइ दिने भन्दै पीडितहरूसँग रकम लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं महानगरपालिका-११ बबरमहलबाट देवकोटालाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देवकोटाले पीडितबाट ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4