
काठमाडौं । गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो।
यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ ।
घाइतेहरूलाई गाजा सहरको अल-शिफा अस्पताल लगिएको छ । उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन् ।
इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ । सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ ।
अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल-बालाह क्षेत्रमा पनि भएको जनाइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक हजार ९७८ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ।
प्रतिक्रिया 4