+

महिला कबड्डी सिरिजमा नेपालको तेस्रो जित

२०८२ वैशाख  ११ गते १८:२३ २०८२ वैशाख ११ गते १८:२३
महिला कबड्डी सिरिजमा नेपालको तेस्रो जित

११ वैशाख, काठमाडौं । नेपाल र बंगलादेशको महिला कबड्डी टेष्ट सिरिजमा नेपालले तेस्रो जित हात पारेको छ । सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१७ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए ।

खेलमा नेपालको तर्फबाट कप्तान मानमती विष्टले ८ अंक जोडिन् । उनी खेलको प्लेअर अफ दि म्याच समेत घोषित हुँदै ५ हजार नगद प्राप्त गरिन् ।

यसअघि भएका तीन खेलमध्ये नेपालले २ खेल जित्दा बंगलादेशले एक खेल जितेको थियो ।

महिला कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय