१२ वैशाख, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी स्कुलले १७ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिँदै आएको छ । त्यही भएर प्रिमियर स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।
प्रिमियर नेपालीहरूले लगानी गरेको अन्तर्राष्ट्रिय स्तरको स्कुल हो । मन्टेसरीदेखि कक्षा १२ सम्म पढाइ हुने अन्तर्राष्ट्रिय स्तरको यो स्कुलले शिक्षा क्षेत्रमा कसरी काम गरिरहेको छ ? किन अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ? यसबारे स्कुलकी शैक्षिक निर्देशक प्रविना थापाले यसरी प्रष्ट पारेकी छिन् :
प्रिमियर इन्टरनेसनल स्कुल नेपालमा कसरी जन्मियो ?
हामीले सुरुमा मन्टेसरी प्रि–स्कुल चलाएका थियौं । प्रि–स्कुलबाट ग्र्याजुएट भएर गएका बलाबालिकाका अभिभावक फर्किएर स्कुलमा आउनु हुन्थ्यो । प्रि–स्कुलमा यति राम्रो ‘क्रिएटिभ र क्रिटिकल थिंकिङ’ गर्ने बच्चा कक्षा १ मा गएपछि त्यो सबै कुरामा ब्रेक लाग्यो भनेर अभिभावकहरू आउनु भयो ।
गुणस्तरीय शिक्षा माध्यमिक तहसम्म दिनुपर्छ भनेर हामीले माध्यमिक तहसम्म आईबी सुरु गरेका हौं । राम्रो शिक्षाका लागि देश बाहिर गइरहेका छन् । नेपालमै बसेर घरको दालभात खाएर आफ्नो मूल्य र मान्यता सिकेर घरदैलोमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सकियोस् भन्ने परिकल्पनाका साथ १७ वर्षअघि प्रिमियर आईबी स्कुल खोलेका हौं ।
प्रिमियरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने के–के विकल्प छन् ? विद्यार्थीको लक्ष्य पूरा गर्न कसरी सहयोग गर्नुहुन्छ ?
हामीले तीन वटा मोडेलमा शैक्षिक गुणस्तरका लागि काम गरिरहेका छौं । एउटा प्राइमरी हुन्छ, जुन किन्डर गार्टेनदेखि कक्षा ५ सम्मको हुन्छ । अर्को मिडिल लेभलको हुन्छ, जुन कक्षा ६ देखि १० सम्मको हुन्छ । र तेस्रो डिप्लोमा तहको हुन्छ । यो ११ र १२ कक्षाको हुन्छ । ११ र १२ को आईबी बाहिरको बोर्डको हुन्छ । अन्तर्राष्ट्रिय स्तरको हुन्छ । विश्वभरि आईबीलाई उत्कृष्ट मानिन्छ । आईबीले आलोचनात्मक चिन्तन, अनुसन्धान र नेतृत्व क्षमता विकास गर्छ ।
आईबीले कस्तो जनशक्ति उत्पादनमा मद्दत गर्छ ?
मुख्य भनेको ‘ग्लोबल सिटिजन’ बनाउने हो । आईबीले सोच्ने तरिकाको विकास गरेको हुन्छ । आईबीको ११ र १२ मा नै विश्वविद्यालयमा गर्ने रिसर्च गरेको हुन्छ । गुणस्तरीय जनशक्ति बनाउने हो ।
आईबीमा पढाउने तरिका कस्तो हुन्छ ?
आईबीमा बच्चाले के सिक्नुपर्छ, कसरी सिक्नुपर्छ ? विद्यार्थीले जानेको सिकेको कुरा कसरी मूल्यांकन गर्ने भनेर हेरिन्छ । आईबीको यो महत्त्वपूर्ण पक्ष हो । पढाउने तरिका नै रिसर्चमा आधारित हुन्छ । जसले गर्दा गणित, विज्ञानमात्र होइन, समाजलाई योगदान दिन सक्ने मानिस बनाउने गरी पढाइन्छ ।
समूहमा काम गर्ने, सिकेर जीवनमा कसरी उतारेको छ, त्यो हेरेर मूल्यांकन गरिन्छ । समाजमा सकारात्मक योगदान गर्न सक्ने गरी करिकुलम आईबीमा बनाइएको हुन्छ ।
आईबीले शिक्षामात्र दिन्छ कि सिप पनि सिकाउँछ ?
शिक्षा दिँदा नै सिप पनि सँगै हुनुपर्छ । आईबीमा सबै कुरा प्याकेजमा हुन्छ । आईबीमा तिमीलाई के थाहा छ भनेर प्रश्न गरिन्छ । रिसर्च हुन्छ । सोच्न सक्ने क्षमताको विकास हुन्छ । नेतृत्व र कम्युनिकेसन गर्न सक्ने क्षमताको विकास गरिन्छ । सानोदेखि ठूलोसम्म काम गर्न सक्ने व्यक्ति निर्माण हुन्छ । समाज र अरूका लागि सोच्न योग्य र इमानदार नागरिक बनेको हुन्छ ।
कक्षा १२ सम्म आईबी पढेपछि विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने अवसर कत्तिको पाइन्छ ?
कक्षा १२ पछि विश्वविद्यालयमा रोजेर जान पाइन्छ । चाहे नेपालको होस् वा बाहिरको जुनसुकै विश्वविद्यालयमा पढ्न पाइन्छ । त्यो पनि आईबीमा पढेकाले उत्कृष्ट विश्वविद्यालयमा पढ्ने अवसर पाइन्छ । छात्रवृत्तिको अवसर पनि उत्तिकै हुन्छ । आईबी स्कुलमा पढेको छ भने क्रेडिट ट्रान्सफर पनि हुन्छ ।
११ र १२ को आईबी प्रि–युनिभर्सिटीको कोर्स हो । यसले विश्वविद्यालय प्रवेशमा विद्यार्थीलाई सहज हुन्छ । विश्वविद्यालयमा गर्ने रिसर्च आईबीमा ११ र १२ मै गरेको हुन्छ । अमेरिका, अस्ट्रेलिया जुनसुकै देशको विश्वविद्यालयमा पढ्न र छात्रवृत्ति पाउन सजिलो हुन्छ ।
नेपाली पाठ्यक्रमसँग मिल्छ कि मिल्दैन ?
नेपाली पाठ्यक्रमसँग पनि मिल्छ । कक्षा १० सम्म नेपालकै बोर्डबाट हुने हो । १० सम्मको आईबी एउटा पद्धति फिलोसोफी हो । प्रिमियरमा कक्षा १० पछि भने दुई वटा विकल्प छ । एउटा नेपाली बोर्डबाट पढ्न पाइन्छ । अर्काे, अन्तर्राष्ट्रिय आईबीको बोर्ड हुन्छ । विद्यार्थी र अभिभावकले १० पछि रोज्न पाउने अवसर प्रिमियरमा छ ।
कुन बोर्ड केका लागि उपयुक्त हुन्छ ? कसरी छनोट गर्ने ?
जो बच्चा परीक्षामा उत्तीर्णमात्र हुन चाहन्छ । पढाइसँगै बिजनेस पनि गर्छु, नेपालमै बसेर केही गर्छु, स्वःउद्यमी बन्छु भन्ने सोच छ भने नेपाली बोर्ड उपयक्त हुन्छ । जो बच्चालाई परीक्षामात्र पास गर्नु छैन, उसलाई सिपको विकास, नेतृत्वको विकास, कम्युनिकेसनको क्षमता विकास गर्न आईबी उपयुक्त हुन्छ । अन्तर्राष्ट्रिय स्तरको छात्रवृत्ति खोज्छु भन्ने छ भने आईबी उपयुक्त हुन्छ । मेरिटका आधारमा पनि छात्रवृत्ति पाइन्छ । रिसर्च, लिडरसिप, समुदायमा पारेको प्रभावका आधारमा पनि छात्रवृत्ति पाउने हुन्छ । अन्तर्राष्ट्रिय बोर्ड भएका कारण आईबी अलिकति महँगो पनि छ ।
प्रिमियरले विद्यार्थीलाई बुझाउन काउन्सिलिङ पनि गर्छ ?
प्रिमियरले पूरै समय काउन्सिलिङ गर्ने व्यक्ति नै राखेको छ । विद्यार्थीको क्षमता के छ ? कहाँ पढ्दा राम्रो हुन्छ ? कुन विश्वविद्यालय जाँदा राम्रो हुन्छ ? कहाँ राम्रो छात्रवृत्ति पाइन्छ ? यसबारे प्रिमियरले विद्यार्थीलाई काउन्सिलिङ गर्छ ।
विद्यार्थीको अतिरिक्त गतविधिमा प्रिमियरले कसरी काम गर्छ ?
घोकाउने शिक्षा होइन, सिपसहित अतिरिक्त क्षमता विकास नै प्रिमियरको मूलमन्त्र हो । यसका लागि खेलकुद, अंग्रेजी, चिनियाँ, जर्मन, फ्रेन्च, स्पेनिस लगायत भाषा पनि विद्यार्थीले प्रिमियरमा सिक्न पाउँछन् । विद्यार्थीमा फरक क्षमताको विकास र गहिरोसँग सोच्न सक्ने माहोल क्रिएट गर्छ ।
ई–स्पोर्ट, बास्केटबल, फुटसल, ओलम्पियाडमा पनि विद्यार्थी सहभागी हुन्छन् । नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पनि विद्यार्थीले सहभागी हुने अवसर पाउँछन् । त्यतिमात्र होइन, कन्टेन क्रिएटर, एचआर, कम्युनिकेसन लगायत पनि विद्यार्थीलाई सिकाइन्छ । सर्टिफिकेटमा आउने नम्बर महत्त्वपूर्ण होइन, विद्यार्थीको चौतर्फी विकास गर्ने हो । सफल मानिस बनाउने हो ।
प्रिमियरमा पढ्ने र पढाउने वातावरण कस्तो छ ?
प्रिमियरमा रिसर्चलाई जोड गरेका छौं । लाइब्रेरी, प्रविधिमैत्री कक्षा र पठनपाठनको व्यवस्था गरेका छौं । घरको जस्तो माहोलमा पढाइ हुन्छ । आर्टिफिसियल इन्टिलिजेन्स, रोबोटिक लगायत विषय सिकाइन्छ । प्रिमियरमा ७ सय विद्यार्थी छन् । यी विद्यार्थीलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिँदै आएका छौं ।
प्रतिक्रिया 4