+
+
Shares

प्रहरीको कानुनी सल्लाहकारमा मल्लिक छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १९:११

११ वैशाख, काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषमा करार सेवामा कानुनी सल्लाहकारका लागि करुणाकर मल्लिक छनोट भएका छन् ।

संक्षिप्त सूचीबाट अन्तरर्वार्ता गरिएमध्ये मल्लिकलाई नियुक्तिका लागि छनोट गरिएको प्रहरीले सूचना जारी गरेर जनाएको छ । कानुनी सल्लाहकारका लागि कपिलदेव ढकाललाई वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

कानुनी सल्लाहकार नियुक्तिको लागि ८ माघ २०८१ मा प्रहरीले सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार बनेको संक्षिप्त सूचीबाट छनोट भएकाहरूमध्ये मल्लिकलाई मुख्य उम्मेदवार सिफारिस गरेको छ ।

मल्लिकले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानुन विज्ञको रूपमा काम गरेका थिए । कल्याणकारी कोषअन्तर्गत नियुक्त हुने भए पनि यसरी नियुक्त हुने कानुन व्यवसायीलाई संगठनकै कानुनी सल्लाहकारका रूपमा काम गराउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?