+
+
Shares

महाराजगञ्ज दुर्घटना : मृतकका आफन्तले गरे प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ वैशाख ११ गते २०:०९

११ वैशाख, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा टिप्परको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूले बिहीबार साँझ प्रदर्शन गरेका छन् ।

मृतकका आफन्तहरूले बिहीबार साँझ महाराजगञ्ज प्रहरी वृत्त अगाडि प्रदर्शन गर्दा सो क्षेत्र केहीबेर तनाव ग्रस्त बनेको थियो ।

बुधबार साँझ रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ घर भई टोखा नगरपालिका लोकतान्त्रिक चोक बस्ने करिब ४० वर्षीय माधव भट्टराई घाइते भएका थिए । उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।

ठक्कर दिने टिपरका चालकलाई कारबाही गर्नुपर्ने,मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत माग उनीहरूले राखेका छन् ।

प्रहरीका अनुसार घटनाबारे प्रहरी वृत्त महाराजगञ्ज कार्यालयमा छलफल गर्ने क्रममा पीडित पक्षका आफन्तहरूले प्रदर्शन गर्दा दुवै तर्फको सडक अवरुद्ध भएको थियो ।

टोखा नगरपालिका-७ सामाखुशी प्रहरी पेट्रोल पम्प अगाडिको सडक खण्डमा बुधबार साँझ उक्त टिपरले भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुवै सवारीसाधन ट्राफिक प्रहरी प्रभाग तिलिङगेटारको नियन्त्रणमा रहेको छ भने टिपर चालकलाई भने प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

घटनास्थल प्रहरी वृत्त महाराजगञ्ज कार्यालयदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको प्रहरीको भनाइ छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?