+
+
Shares

डल्ले च्याउको भाउ घट्यो, किलोको कति ?

आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ४० रुपैयाँ घटेको छ । बिहीबार डल्ले च्याउ किलोको ३ सय २६ रुपैयाँमा कारोबार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १२:४४

१२ वैशाख, काठमाडौं । बजारमा डल्ले च्याउको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको तथ्यांकले डल्ले च्याउको भाउ घटेको देखाएको हो ।

अहिले कालीमाटी बजारमा कन्य च्याउ, डल्ले, राजा र सिताके गरी चार थरीका च्याउ पाइन्छन् । च्याउको प्रकार हेरेर भाउ तोकिएको हुन्छ ।

आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ४० रुपैयाँ घटेको छ । बिहीबार डल्ले च्याउ किलोको ३ सय २६ रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार २ सय ८६ रुपैयाँमा किनबेच भइरहेको छ

यस्तै बजारमा कन्य च्याउ १ सय ८६, राजा च्याउ २ सय ९० र सिताके च्याउ ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार पनि यी तिनै थरीका च्याउ यही मूल्यमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?