+
+
Shares

तस्वीरमा हेर्नुहोस् गोरखा भूकम्पको १०औं स्मृति सभा

विपत्तिबाट जोगिने खालका संरचना निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली

भूकम्पलगायत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ वैशाख १२ गते १४:३१

१२ वैशाख, काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृतिमा आज काठमाडौंमा सभा आयोजना गरिएको छ ।

शुक्रबार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा गोरखा भूकम्पको १०औ स्मृति सभाको आयोजना गरिएको हो ।

उक्त सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।  १०औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताए ।

उनले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने उल्लेख गरे।

भूकम्पलगायत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए । उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गरे । उनले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य रहेको धारणा राखे । त्यस्तै सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकता अनिवार्य हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धालाई स्वस्थ र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए । विसं २०७२ वैशाख १२ गते अर्थात् १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो।

७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?