+
+
Shares
संगीत :

‘जार’को गीतमा लाहुरेकी प्रेमिकाको रुमानी कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १४:०६
फिल्मको एक दृश्यमा गीताञ्जली थापा ।

काठमाडौं । कथानक फिल्म ‘जार’को ‘ए ठूली’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउद शब्द छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।

यो प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मीठो प्रतिक्षाको भाव प्रस्तुत गर्छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ ।

उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ । फिल्मले लाहुरेको कथा भन्ने गीतले संकेत दिएको छ ।

गीतको भिडियोमा सौगात मल्ल, गीताञ्जली थापा फिचर्ड छन् । ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको फिल्म हो । इन्द्रबहादुर राईको ऐतिहासिक कथामा फिल्म आधारित छ ।

फिल्मलाई फूर्वाछिरिङ लामाले निर्देशन गरेका हुन् । फेरि टेल पिक्चर्सले निर्माण गरेको फिल्म सामाजिक कथावस्तुमा बनेपछि यसमा मनोरञ्जन भरपुर रहेको निर्देशक लामा बताउँछन् । स

फिल्ममा अनुपविक्रम शाही पनि शीर्ष भूमिकामा छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा भएको हो ।

कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । यो फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा बैशाख २६ गते एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?