+
+
Shares

प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको विरोध गरिरहनेछौं : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब व्यक्ति बदलेर समाधान नआउने भन्दै व्यवस्थामा आमुल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १५:१६
फाइल फोटो ।

१२ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको विरोध गरिरहने बताएका छन् ।

आजबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले संविधानले दिएको अधिकार प्रयोग गरेरै निरंकुशताको विरोध गरिरहेको बताए ।

उनले वर्तमान व्यवस्थाले मुलुकका समस्या समाधान गर्न निकास नदिने भन्दै राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाने सहमति गर्न पटकपटक जोड दिए ।

‘हामीले यो संविधानको शपथ खाएका छौं । यो संविधानले आलोचना गर्ने र संविधान संशोधन गर्ने अधिकार दिएको छ । अब ढिला गर्न हुँदैन, राजादेखि गणतन्त्रसम्म सबै अट्ने मौलिक व्यवस्थामा जान सहमति गरौं,’ उनले भने ।

लिङ्देनले नेता फेरिएर वर्तमानको समस्या समाधान नहुने भन्दै व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

उनले थपे, ‘नेताले भ्रष्टाचार गर्छ । अख्तियार र अदालतले भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्नु पर्ने तर अख्तियारमा आफैंले सिफारिस गरेका मान्छे छन् । न्यायाधीश आफैंले सिफारिस गरेका छन् । त्यसैले अब यो व्यवस्थामा आमुल परिवर्तन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?