+
+
Shares

भेस्पा र अप्रिलियाको ‘एक्स्चेन्ज अफर’, १५ हजारसम्मको अतिरिक्त मूल्यांकन

ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो दुई पाङ्ग्रे सवारी ल्याएर भेस्पा वा अप्रिलियाको नयाँ प्रिमियम स्कुटरसँग सटही गर्दा अतिरिक्त १५ हजार रुपैयाँसम्मको मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १५:१९

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ एक्स्चेन्ज अफर ‘अपग्रेड टु प्रीमियम’ सार्वजनिक गरेको छ । यो अफर १७ देखि २३ वैशाखसम्म देशभरि लागु हुनेछ ।

अफर अन्तर्गत ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो दुई पाङ्ग्रे सवारी ल्याएर भेस्पा वा अप्रिलियाको नयाँ प्रिमियम स्कुटरसँग सटही गर्दा अतिरिक्त १५ हजार रुपैयाँसम्मको मूल्यांकन प्राप्त गर्न सक्नेछन् । अन्य ब्रान्डमा पनि १२ हजार रुपैयाँसम्मको बोनस मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नगद खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँको निश्चित छुट दिइने छ भने हेल्मेट, स्कुटर कभर र फुट म्याटजस्ता उपयोगी एसेसोरीहरू निःशुल्क प्रदान गरिने छ ।

साथै, यो अफर अन्तर्गत ग्राहकले केवल ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने मासिक किस्तामा स्कुटर खरिद गर्न सक्नेछन्, जुन हालको बजारमा सबैभन्दा कम वित्तीयदरमध्ये पर्छ ।

यस्तै कम्पनीले टेस्ट ड्राइभ गर्दा पनि उपहार दिइने जनाएको छ । यी अफर देशभरिका शोरूमहरूमा लागु हुनेछ ।

इच्छुक ग्राहकले नजिकको भेस्पा वा अप्रिलिया शोरूममा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?