+
+
Shares

भूकम्पले ढलेका सम्पदा उठ्दैछन् : पर्यटनमन्त्री

उनले भूकम्पपछि ढलेका सम्पदा पुरातात्विक शैलीमै पुनर्निर्माण गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १५:२२

१२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदा उठ्ने क्रममा रहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठक उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘सम्पदा भनेको सभ्यताको पहिचान हो, यी हाम्रा परिचयका प्राण तत्व पनि हुन् । यसमा केवल भौतिक वस्तुमात्र नभई अभौतिक वस्तुसमेत हुन्छ । यी नेपालका इतिहास हुन् र हाम्रो इतिहास दर्बिलो छ ।’

उनले भूकम्पपछि ढलेका सम्पदा पुरातात्विक शैलीमै पुनर्निर्माण गरिएको बताए । पाण्डेले स्थानीयको सहभागिताविना सम्पदा संरक्षण गर्न नसकिने बताए ।

उनले भूकम्पका कारण थुप्रै सम्पदा ढलेको भन्दै ती सम्पदा उठ्ने क्रममा रहेको बताए । मन्त्री पाण्डेले काठमाडौं भित्रका हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दिर लगायत सम्पदा संग्रह र व्यवस्थित गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?