+

महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि टोली घोषणा, पुजालाई उपकप्तानको जिम्मेवारी

२०८२ वैशाख  १२ गते १९:१२ २०८२ वैशाख १२ गते १९:१२
महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि टोली घोषणा, पुजालाई उपकप्तानको जिम्मेवारी

१२ वैशाख, काठमाडौं ।  आगामी मे मा थाइल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । युवा अलराउण्डर पुजा महतोलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।

टोलीको अन्य सदस्यहरुमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन् ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सीता राना मगर, सिमाना केसी र रचना चौधरी भने अन्तिम टिममा पर्न सकेनन् ।

पछिल्लो पटक नेपालले युगाण्डा भ्रमण गर्दाको टिमबाट अहिले टिममा पाँच परिवर्तन भएको छ । चोटका कारण युगान्डा टुर गुमाएकी कविता कुँवरसहित ४ खेलाडीले टोलीमा पुनरागमन गरेका छन् ।  यस्तै रुबी पोद्दार, मनिषा उपाध्याय र सबनम राई टोलीमा पुनरागमन गरेका हुन् ।  युगाण्डा टुरमा गएका सना प्रवीन, ममता चौधरी, एलिशा यादव र रचना चौधरी बाहिरिएका छन् ।

मे ७ देखि २१ सम्म हुने एसिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन-जुलाईमा इंग्लयाण्डमा हुने महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

महिला क्रिकेट महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय