+

एपीएफ र पुलिस फाइनलमा

२०८२ वैशाख  १२ गते २०:४७ २०८२ वैशाख १२ गते २०:४७
एपीएफ र पुलिस फाइनलमा

१२ वैशाख, काठमाडौं ।  साविक विजेता नेपाल एपीएफ क्लब  र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्व विजेता न्यु डायमन्डलाई २५–१७, २५–२२, २३–२५, २५–२३ को सेटमा पराजित गर्‍यो ।

एपीएफकी जसना महतो ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । न्यु डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो भने बाँकी सबै संस्करणको उपाधि एपीएफले जितेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मीलाई २५–६, २५–२२ र २५–२३ को सोझो सेटमा हरायो । पुलिसकी पुनम चन्द ‘प्लेयर अफ द म्याच’ चुनिइन् । फाइनल खेल शनिबार हुनेछ ।

विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार नेपाल एसबीआई बैंक लिमिटेडले प्रायोजन गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यो पुरस्कारमा नविल बैंकको सहयोग रहने छ ।

सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ ।

आठौं केएनपी नेरोल्याक महिला भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय