+

मणिमुकुन्द कप इन्डो-नेपाल भलिबल : फाइनलमा गल्कोट र गुजरात भिड्दै

२०८२ वैशाख  १३ गते ८:४० २०८२ वैशाख १३ गते ८:४०
मणिमुकुन्द कप इन्डो-नेपाल भलिबल : फाइनलमा गल्कोट र गुजरात भिड्दै

१३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी १०औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

साँझ ५ बजे हुने  फाइनल खेलमा गल्कोट भलिबल क्लब र भारत गुजरातको साग भलिबल एकेडेमीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

गलकोटले  शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी  क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो सेमिफाइनलमा  गुजरातको सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र २५-१८ को सोझो सेट विजयी भएको हो ।

गल्कोटले आर्मीलाई ३-१ को सेटमा पराजित गर्‍यो । गल्कोट २५–१८, २३–२५, २५–१४ र २५–२२ विजयी  भयो ।

तेस्रो स्थानका लागि  हुने खेल आज दिउँसो ३ बजे सुरु  हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका निवर्तमान अध्यक्ष मिलान रानाले बताए ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ तथा दोस्रोले दुई लाख ११ हजार १११ रुपैयसँ प्राप्त गर्नेछ ।

तेस्रो टोलीले एक लाख ११ हजार १११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय