+
+
Shares

जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १०:२२

१३ वैशाख, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आगामी बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य,भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

घोषणाको अघिल्लो दिन मंगलबार बेलुका ६ बजे जनमतले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?