
१३ वैशाख, काठमाडौं । काठमाडौंको रसियन सेन्टरको हल शनिबार अमेरिकासहित नेपाली कलाकारहरूले गुञ्जायमान बनाए । हलमा प्रेट्रोटिक सङ्ग, कल्चरल सङ्ग र हेलिङ म्युजिक गुञ्जयमान बन्यो ।
काठमाडौं युथ आर्केस्ट्राले आयोजना भएको ‘स्प्रिङ कन्सर्ट’मा अमेरिकी संगीतकार, कलाकार डा. जोन शार्पली पनि सहभागी थिए ।
डा. जोन शार्पाली नेपाली गीत संगीतका समेत पारखी हुन् । पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने उनी चर्चित पियानोवादक पनि हुन् ।
संगीतलाई आफ्नो प्राणकै रूपमा लिने गरेका उनी नेपाली संगीतको खुलेर प्रशंसा गरे ।
नेपालको सांस्कृतिक, मौलिक एवम् परम्परागत संगीतलाई विश्वभरि जहाँसुकै पुगे पनि बिर्सन नसकिने उनी बताउँछन् ।
पाँचौ पटक नेपाल आएका उनले नेपाली संगीतलाई विश्वव्यापी प्रवद्र्धनका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
‘मलाई घुम्न धेरै मन पर्छ । म नेपाल आएको यो पाँचौं पटक हो । पहिला नेपाल २०१६ मा आएको थिएँ,’ उनले भने, ‘जब जब म नेपाल आउँछु । मलाई आफ्नो घर आएको जस्तो महसुस हुन्छ । नेपालको कल्चर धेरै नै मन पर्छ । नेपाल इतिहासले भरिपूर्ण छ ।’
नेपाल सांस्कृतिक रूपमा धेरै धनी भएको भन्दै उनले भने, ’यहाँ धेरै किसिमका चाडपर्व, रितिरिवाज, परम्पराहरू छन् । जससँग म गहिरो रूपमा जोडिन पुगेको छु । त्यसमै रमाउने पनि गर्छु ।’
नेपालमा पूराना र मौलिक गाउँघर तिरको लोक संगीतहरू आफूलाई मन पर्ने उनले सुनाए ।
कन्सर्टमा अमे डे लुमिएर होलिस्टिक सिंगापुर साउन्ड हिलरकी संस्थापक, मेटाफिजिसियन, इनर्जी हिलर, डकुमेन्ट्री निर्माता अमेलिया काङ पनि सहभागी थिइन् ।
उनले नेपाली संगीतको शक्तिको तारिफ गरिन् ।
‘म पहिलो पटक नेपाल आएकी हुँ । एकदमै खुसी लागेको छ । यहाँको मान्छेहरू एकदमै राम्रा छन् । यहाँको इनर्जी र संगीत साथै मैले गर्ने हिलिङको लागि एकदमै राम्रो लागेको छ,’ उनले भनिन् ।
सोही कार्यक्रममा काठमाडौं महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताए ।
सांस्कृतिक बाजालाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिका लागि रहेको भन्दै यसले गर्दा पनि युवाहरू आकर्षित भइरहेको उनको भनाइ थियो ।
सोही क्रममा काठमाडौं युथ आर्केस्ट्राका सचिव न्हुच्छे मुनिकारले नेपालको गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि विभिन्न देशका कलाकारहरुसँग मिलेर कार्यक्रम गरिरहेको बताए ।
उनले भने, ‘हामी नेपालीहरु गीत संगितमा धेरै धनी छौं । तर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हिसाबले लान सकेका छैनौ र त्यसैको लागि विभिन्न देशका कलाकारहरुसँग मिलेर कार्यक्रम गरिरहेका छौ । आउँदो दिनमा पनि नेपाली संगीतलाई जोगाउन कार्यक्रम गर्ने सोच बनाएका छौ ।’
प्रतिक्रिया 4