
काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ बुवा बनेका छन् । उनकी पत्नी स्नेहाले केही दिनअघि पहिलो सन्तानको रुपमा पुत्रलाई जन्म दिएकी छन् ।
बलेले सामाजिक संजालबाट प्रशंसकमाझ यो खुसीको खबर सेयर गरेका छन् । शनिबार शिशु र आमालाई अस्पतालबाट डिस्चार्ज गरिएको उनले जनाएका छन् ।
छोराको नाम ‘श्रीयांश’ राखेका छन् । उनका अनुसार, आमा र छोरा दुवैको स्वास्थ्य सामान्य छ । असार ३० गते बले र स्नेहा विवाह बन्धनमा बाँधिएका थिए ।
बलेको पछिल्लो फिल्म ‘लाज शरणम्’ बक्सअफिसमा व्यवसायिक सफल फिल्म हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4