+

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि

२०८२ वैशाख  १४ गते ८:१८ २०८२ वैशाख १४ गते ८:१८
रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि

१४ वैशाख, काठमाडौं । जुल्स कुन्डेले गरेको उत्कृष्ट गोलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपाल डेल रे को उपाधि जितेको छ ।

सेभियास्थि ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएपनि रियलले लगातार दुई गोल फर्काउँदै अग्रता लिएको थियो । तर, बार्सिलोनाले बराबरी गोल फर्काएपछि निर्धारित समयमा २-२ को बराबरीमा सकियो ।

पेड्रील २८औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एमबाप्पेले ७०औं मिनेटमा फ्रिकिकमार्फत बराबरी गोल फर्काए ।

चुवामेनीले ७७औं मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । तर, रियलको अग्रता लामो समय टिकेन । फेरान टोरेसले ८४औं मिनेटमा गोल गरेपछि खेल २-२ को रोमाञ्चक स्थितीमा पुग्यो ।

निर्धारति समयमा नतिजा नआएपछि खेलमा ३० मिनेट समयम थप गरिएको थियो । जुल्स कुन्डेले ११६औं मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

खेलको अन्तिम समयमा रियलका कप्तान लुकास भजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड सामना गरेका थिए । तर उनीहरु दुवै खेलाडी मैदान बाहिर गइसकेका थिए ।

बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।

कोपा डेल रे बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय