+
+
Shares

सांसद राई पक्राउ परेको जानकारी सभामुखले संसद्लाई गराउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १०:५२

१४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्‍लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् ।

उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ ।

कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।

बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।

यसअनुसार सभामुख घिमिरेले सांसद राइ पक्राउ परेको जानकारी सभामा गराउन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?