
१४ वैशाख, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राई सहकारीकै सञ्चालक समितिमा रहेकी व्यक्ति हुन् ।
उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सहसचिव थिइन् । उनको पालामा यो सहकारीबाट नियम विपरीत कर्जा दिनेदेखि रकम अपचलनसम्म भएको प्रहरीको भनाइ छ ।
राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिव समेत बनेकी थिइन् ।
राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो । स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको यसअघिकै अनुसन्धानबाट खुलेको थियो । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो । त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।
सांसद राई सहसचिव रहेको समयमा आर्थिक वर्ष २०७४/७५ मा पनि रकम अपचलन भएको थियो । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा बिना धितो समूहलाई आधार मानि लगानी गरेको भेटिएको थियो ।
१ करोड ४२ लाख १० हजार ४३३ को ऋण नोक्सानी व्यवस्था गरेको खुलेको थियो । यो आर्थिक वर्षमा पनि सूचीकृत नभएका संस्थालाई गर्ने गर्ने कामलाई निरन्तरता दिइएको थियो ।
आफ्नो सेयर पूँजीको १० गुणभन्दा बढी बचत संकलन समेत गरिएको थियो । राई सहसचिव रहेकै बेला आर्थिक वर्ष २०७६/७७ कानूनी विपरीतका कार्य स्वर्णलक्ष्मी सहकारीमा भएको खुलेको छ । लेखा परीक्षण प्रतिवेदनमा संस्थाले पाउनुपर्ने ब्याजलाई ऋणमा पूँजीकृत गरी आम्दानी जनाउन नपाइने व्यवस्था रहेता पनि संस्थाले पाउनुपर्ने ब्याजलाई पूँजीकृती गरी आम्दानी जनाइएको खुलेको थियो ।
सांसद राई सहसचिव रहेको समयमा आर्थिक वर्ष २०७४/७५ मा पनि रकम अपचलन भएको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन रिपोर्टमा बिना धितो समूहलाई आधार मानि लगानी गरेको भेटिएको थियो ।
त्यसैगरी राई सहसचिव रहेकै समयमा नियम तथा मापदण्ड विपरीत प्राकृतिक व्यक्ति बाहेकका संस्थाहरुलाई ऋण दिएर रकम अचलन गरिएको थियो । त्यतिबेला १३ वटा संस्थामा रकम लगेर अपचलन गरिएको थियो । यही समयमा हर्बो इन्टरनेसनल प्रालिमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।
सुपर सिटी इन्टरप्राइजेज प्रालिमा ७३ लाख ८ हजार १६४, न्यू सुलक्स अफसेट प्रिन्टर प्रालिमा ४३ लाख १५ हजार २८५, सिद्धार्थ विद्यासदन हाई स्कुलमा ७ लाख ३ हजार २९७, सारेगम रेकर्ड प्रालिमा १२ लाख १९ हजार ९६७, देव दीप एग्रिकल्चर एन्ड एनिमल फार्मममा २ करोड ६० लाख ७४ हजार ४४२, मन्दरा टुर एन्ड ट्राभ्लसमा १ करोड २ लाख ५४ हजार ८४८ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।
त्यसैगरी होम प्रालिमा ७० लाख ७८ हजार ३०७, मन्दरा टुर्स एन्ड एक्सपिडिसनमा १ करोड २ लाख ५४ हजार ८४८, होम प्रालि प्यागोडासमा ७ लाख ७८ हजार ३०७, मन्दरा टुर्स एन्ड एक्सपेटेसन प्रालिमै १ करोड १५ लाख ८२ हजार ८८०, गोर्खा हर्बल प्रोडक्शनमा १ करोड, बागमती बालुवाखानी प्रालिमा ५८ लाख २ हजार ४०८, एनबी मार्टमा ९२ हजार र गोर्खा गु्रप अफ कम्पनीमा २२ लाख ९९ हजार ९९९ रुपैयाँ लगेर अपचलन गरिएको थियो ।
उनी सञ्चालक समितिमै रहेको बेला भएका अपचलनमा केन्द्रीत रहेर प्रहरीले राईमाथि अनुसन्धान अघि बढाउने तयारी गरेको छ । त्यसका लागि सांसद राईविवरुद्ध म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ । म्याद थपका लागि अदालत लैजान लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
यो सहकारी ठगी प्रकरणमा यसअघि नै २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । पक्राउ पुर्जी जारी भएर मुद्दा चलाउन सिफारिस गर्दा पनि राईलाई त्यतिबेला उन्मुक्ति दिइएको थियो ।
प्रतिक्रिया 4