
१४ वैशाख, काठमाडौं । संसद्मा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ ।
सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो ।
उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो ।
सांसद पक्राउ परेपछि संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।
यसअनुसार आइतबार प्रतिनिधि सभामा राई पक्राउ परेको सूचना सुनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4