+
+
Shares

भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १३:४८

१४ वैशाख, काठमाडौं । भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।

यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएका थिए ।

१८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक १८ चैत २०८० मा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा दफावार छलफलका लागि पुगेको थियो ।

समितिले विधेयक पास गरेर विधेयकको प्रतिवेदन सभामा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?