+
+
Shares

शिक्षक महासंघको आरोप : आन्दोलनमा सरकारले घुसपैठ गरायो

'भोलि तीन गुणा बढी शिक्षक काठमाडौं आउँछन्'

‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन’ महासंघका अध्यक्ष सुवेदी भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १३:५०

१४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए ।

‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्।’

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् । यसपछि झन् शिक्षकहरू आक्रोशित भएका छन् ।

भोलि थप शिक्षक कर्मचारी काठमडौं आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?