+
+
Shares

विशेष अवसरमा के उपहार दिने ? उपयोगी हुनसक्छ भान्साका यी ९ सामाग्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १४:०९

कसैलाई उपहार दिनु सजिलो काम होइन । चाहे त्यो कुनै पनि चाडपर्व होस्, विवाह होस्, घरायसी काम होस् वा कसैलाई राम्रो चीज उपहार दिन मन लाग्यो भने, उपहारको रूपमा के किन्ने भनेर निर्णय गर्न गाह्रो हुन्छ ।

उपहार छनोट गर्दा हामीले गर्ने एउटा प्रमुख गल्ती भनेको हामी आफ्नो रुचि र इच्छा अनुसारका उपचार खरिद गर्छौं । अर्थात हामी आफूलाई जे मनपर्छ, त्यही कुरा उपहारका रुपमा दिने गर्छौं । तर, उपहार अलि उपयोगी र काम लाग्ने किसिमको हुनुपर्छ ।

उपहार दिँदा त्यस्ता चीजहरू उपहार दिनुपर्छ, जुन अर्को व्यक्तिलाई उपयोगी हुन सक्छ । उपयोगी चीजहरूको सन्दर्भमा भान्साका उपकरणहरू राम्रो विकल्प हुन सक्छन् । भान्साको काम सकेसम्म चाँडो सक्ने चाहना सबैमा हुन्छ । यसैलाई मध्यनजर गरी अहिले भान्सामा उपयोगी हुने विभिन्न उपकरण बजारमा उपलब्ध छन् ।

इन्डक्सन

अहिले विद्युतीय चुलोको प्रयोग सहज र सुरक्षित मान्न थालिएको छ । घरेलु उपकरणमा अहिले धेरैको रोजाइमा परिरहेको इन्डक्सन चुलोलाई उपहार स्वरूप दिन सकिन्छ । ग्यासको तुलनामा यो सस्तो र सहज हुने भएकाले यो उपयोगी उपहार हुन सक्छ ।

मिक्स्चर वा जुसर

मिक्स्चर र जुसर जस्ता उपहार असाध्यै उपयोगी हुन्छन् । मसला पिस्ने उपकरण मिक्स्चर ग्राइन्डर आजकल भान्सामा अनिवार्य बनेको छ । मिक्स्चरको सहयोगले छिटो र सरल तरिकाले सम्पूर्ण मसला पिस्न सकिन्छ । साथै उपहारको रुपमा जुसर पनि दिन सकिन्छ । ताजा जुस कसलाई मन पर्दैन र ? यसबाहेक जुसरको प्रयोग गरेर सुप र स्मूदी पनि तयार गर्न सकिन्छ ।

स्यान्डविच वा वाफल मेकर

उपहार स्वरूप स्याडविच वा वाफल मेकर पनि दिन सकिन्छ । यसको सहयताले ब्रेकफास्ट र दिउँसोका खाजा तयार गर्न सजिलो हुन्छ । जसबाट होटल र रेष्टुरेन्टमा महंगो पैसा तिरेर स्यान्डविच र वाफल खाने पैसा पनि जोगिन्छ । यी उपकरणहरूलाई अन्य परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

कफी मेकर

उपहार दिने सोचमा रहेको व्यक्ति कफी प्रेमी हो भने, कफी मेकर पनि राम्रो उपहार हुन सक्छ । कफी प्रेमीहरूलाई फ्रेन्च प्रेस वा ड्रिप कफी मेकर उपहार दिइयो भने उनीहरू खुसी हुनेछन् ।

एयर फ्रायर

भान्सामा प्रयोग हुने नयाँ–नयाँ उपकरणहरूले हामीलाई निकै सहज बनाइरहेका छन् । तिनै मध्येको एक हो, एयर फ्रायर । यसमा तातो हावा प्रयोग गरेर परिकार तयार गरिन्छ । एयर फ्रायरले ९० प्रतिशत कम तेल प्रयोग गर्ने बताइन्छ । त्यसो हुँदा यसबाट पाक्ने खानाका परिकार स्वस्थ हुन्छन् । त्यसैले एयर फ्रायर पनि उपउोगी उपहार हुन सक्छ ।

पोर्टेबल बारबिक्यु मेसिन

घरमा रेस्टुरेन्ट जस्तो खाना तयार गर्न पोर्टेबल बारबिक्यु मेसिनले सहयोग गर्छ । खाना पकाउने यो विधिमा धेरै कम तेल प्रयोग नहुने भएकाले, यो स्वास्थ्यका लागि राम्रो भन्न सकिन्छ । आफ्नो भान्सामा नयाँ चीजहरू प्रयोग गर्न मन पराउने खाना प्रेमीहरूका लागि, पोर्टेबल बारबिक्यु मेसिन उचित उपहार हुन्छ ।

वाटर डिस्पेन्सर

एकै क्लिकमा चिसो, तातो र सामान्य पानी प्राप्त गर्न वाटर डिस्पेन्सर पनि उपहारका लागि राम्रो विकल्प हो । यसको प्रयोगले ग्यासमा पानी तताउने झन्झटबाट छुटकारा दिन्छ । यो पोर्टेबल हुने भएकाले यसलाई राख्न पनि खासै समस्या हुँदैन ।

डिनर सेट

खाना खानका लागि प्रयोग गरिने भाँडा डिनर सेट हो । आकर्षक जिडाइन र राम्रो गुणस्तरको डिनर सेट पनि एक उत्कृष्ट र उपयोगी उपहार हुन सक्छ ।

ननस्टिक भाँडाकुडा

खाना बनाउँदा नटाँसिने, नडढ्ने र माझ्न सजिलो हुने भएकाले ननस्टिक कुकर, कराइ र प्यान पनि उपहार स्वरूप दिन सकिन्छ । ननस्टिक भाँडाको सबैभन्दा अर्को विशेषता के भने यसमा तेलको प्रयोग अत्यान्तै कम गरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?