+
+
Shares

खाँदबारीमा ७२ वर्षीय वृद्धको हत्या

संखुवासभा प्रहरीका सूचना अधिकारी रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:३६

१४ वैशाख, विराटनगर । संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो ।

संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो ।

घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याए लगतै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

२ जना व्यक्तिहरूले श्रीमानमाथि आक्रमण गरिरहेको देखेपछि उनकी श्रीमतीले हो-हल्ला गरेकी थिइन् । छिमेकी घटनास्थलमा पुग्नुअघि नै आक्रमणमा संलग्नहरू फरार भएका थिए । फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?