+
+
Shares

भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानालाई अर्थमन्त्रीको निर्देशन

तर, उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १९:४३

१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको सार्वजनिक भएको थियो ।

त्यसपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएकोमा त्यो स्वीकृत भएको छैन । कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ ।

तर, उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रवार साँझ भेट भएको थियो । सो भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । सो भेटमा भएको सहमतिअनुसार उपप्रधानमन्त्री पौडेलले सो निर्देशन दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

उपप्रधानमन्त्री पौडेलसँग आफ्नो भेट भए पनि गभर्नर नियुक्तिका विषयमा कुनै कुरा नभएको कामु गभर्नर ढुंगानाले बताइन् ।

‘तालुक मन्त्रालयको मन्त्रीज्यूसँग भेटघाट हुनु स्वभाविक हो,’ उनले भनिन्, ‘भट्टको राजीनामा स्वीकृति गर्ने विषयमा कुनै कुरा भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?