+
+
Shares

भारतमा तयार भयो एआई निर्मित विश्वकै पहिलो फिल्म, प्रदर्शनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २१:०८
लभ यू एआई फिल्म (तस्वीर : युट्युब)

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग अहिले सबै ठाउँमा हुन थालेको छ । एआईले मानिसहरुका जागिरमाथि पनि धावा बोलिरहेको छ । यहि सिलसिलामा दक्षिण भारतीय फिल्म उद्योगले एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

कन्नड फिल्मका चर्चित निर्देशक एस नरसिंहमूर्तिले निर्देशन गरी विश्वमै पहिलो पटक पूर्ण रुपमा एआई बाट चलचित्र निर्माण भएको छ । लभ यु नामक उक्त चलचित्रलाई डिजिटल चमत्कार भनिएको छ र यो अब प्रदर्शनका लागि तयार छ ।

यो फिल्मको सबैभन्दा रोचक कुरा त यसका सबै पात्र, फ्रेम, गीत, संवाद, पात्र एनिमेसन, लिप सिंकिंग तथा क्यामेरा मूभमेन्ट समेत पूर्ण रुपमा एआईको सहयोगमा तयार गरिएका हुन् । यस परियोजनामा एआई इन्जिनियर नूतनले कोडिंगको महत्वपूर्ण जिम्मा सम्हालेका थिए भने सुन्दर राज गुंडु रावले फिल्मको सिर्जनात्मक पाटोको नेतृत्व गरेका थिए ।

जबकि पारम्परिक फिल्महरुमा सयौँ मानिसको टीम, कलाकार, छायांकन स्थल तथा भारी भरकम सेटको आवश्यकता पर्दछ । तर आइ लभ यू फिल्म चाहीँ केवल केही मानिसहरुको सानो टिमले एआर्य प्रविधिको माध्यमबाट तयार गरेको हो । यो फिल्म ९५ मिनेट लामो छ र यसमा १२ वटा मौलिक संगीत पनि रहेका छन् जसलाई एआईले नै तयार पारेको हो ।

यो फिल्ममा भिजुअल्स, मार्मिक दृश्यहरु तथा संगीत यति उत्कृष्ट छन् कि यसलाई मानिसले नभै मेसिनले बनाएको हो भनेर भन्ने ठाउँ नै छैन । यो फिल्मलाई भारतको सेन्सर बोर्डले पनि प्रमाणपत्र दिइसकेको छ र छिटै फिल्महलमा प्रदर्शन हुँदैछ ।

निर्देशक नरसिंहमूर्तिका अनुसार फिल्म उद्योग एक नयाँ चरणमा प्रवेश गर्दैछ जहाँ कथानक तथा प्रविधि मिलेर रचनात्मकताको नयाँ परिभाषा लेखिँदैछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?