+
+
Shares

गोरखाको पिपलबोट कृषि सहकारीबाट दुई लाख बढी रकम चोरी

‘भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएको देखियो,’ उनले भने, ‘सेफको लकर फुटाएर भित्र राखेको पैसा लगेछ ।’ घटनाबारे प्रहरीलाई जानकारी गराएको उनले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २१:२१

१४ वैशाख, गोरखा। बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा चोरी भएको छ । शनिबार राति संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।

‘भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएको देखियो,’ उनले भने, ‘सेफको लकर फुटाएर भित्र राखेको पैसा लगेछ ।’ घटनाबारे प्रहरीलाई जानकारी गराएको उनले सुनाए ।

जानकारी पाए लगतै प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । ‘संहकारीको आफ्नै भवन रहेछ, गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा रहेकाले पनि चोरी हुदाँ थाहा नपाएको हुन सक्छ,’ उनले भने ।

ढोकाको चावी र सेफको लकर फुटाएको अवस्थामा भेटिएको उनले जानकारी दिदै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सिसिटिभी जडान नभएकाले चोरी गर्नेको पहिचान गर्न समस्या भएको उनको भनाइ छ ।

उक्त सहकारी २०७२ साल बैशाख महिनामा खुलेको हो । संस्थामा हाल करिब दुई सय जना सेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?