+
+
Shares

चट्याङ लागेर गोरखामा ३ जनता घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २२:०६

१४ वैशाख, गोरखा। आइतवार साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् ।

शहीद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० वर्षीया सुकमाया आले र उनकी बुहारी १८ बर्षीया विपना आले घाइते भएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

चट्याङका कारण बेहोस भएका खनाललाई गोरखा अस्पतालमा उपचारका लागि ल्याइएको छ भने सुकमाया र उनकी बुहारी विपनालाई उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?