+

लिभरपुलले चार खेल अगावै जित्यो प्रिमियर लिग उपाधि

२०८२ वैशाख  १४ गते २३:१९ २०८२ वैशाख १४ गते २३:१९
लिभरपुलले चार खेल अगावै जित्यो प्रिमियर लिग उपाधि

१४ वैशाख, काठमाडौं । लिभरपुलले चार खेल अगावै प्रिमियर लिग २०२४-२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।

एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्‍यो । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।

लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएका थिए ।

टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।

प्रशिक्षक आर्ने स्लटको पहिलो सिजनमै लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हो ।

 

प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय