+
+
Shares

४ थरी साग किलोको कति ?

आज सोमबार कालीमाटी बजारमा रायो, पालुंगो, चम्सुर र मेथीको सागको भाउ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते ११:३७

१५ वैशाख, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार ४ प्रकारका सागको भाउ बढेको देखाएको हो ।

आज सोमबार कालीमाटी बजारमा रायो, पालुंगो, चम्सुर र मेथीको सागको भाउ बढेको छ । आज रायो सागको भाउ प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको साग आज ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै पालुंगो साग र चम्सुर साग हिजो प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएकोमा आज ८५ रुपैयाँ कायम छ । मेथी साग ८५ रुपैयाँबाट बढेर प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ ।

अहिले सागको सिजन सकिन लागेको र आपूर्ति कम भएकाले पनि सागको मूल्य बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?