
१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको छ ।
बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।
साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने ती मन्त्रीले बताए ।
शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।
साथै आवासीय चिकित्सकहरु सरकारी सरह भत्ता सुविधा लगायतका माग राखेर आन्दोलनमा छन् । उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4