+
+
Shares

शिक्षकका माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार : जनार्दन शर्मा

‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १२:२०
फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो,’ उनले बताए ।

शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको उनले बताए । आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै उनले गाउँमा दुई दर्जन जति बालबालिका चोटपटक लागेको अवस्थामा पाएको बताए ।

कसरी चोटपटक लाग्यो भन्दा अभिभावकले स्कुल जान नपाएको र भीरपाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको सांसद शर्माले बताए ।

शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ । तर, सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना गरे ।

संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै उनले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए ।

सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?