
१५ वैशाख, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–८ घर भई बूढानीलकण्ठ बस्दै आएका २५ वर्षीय कृष्ण चौधरी छन् । उनको आइतबार मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4