+
+
Shares

शिक्षक आन्दोलन र शिक्षा विधेयकबारे शिक्षामन्त्रीको जवाफ माग

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १३:४९

१५ वैशाख, काठमाडौं । शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्‍मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ माग भएको छ ।

यस्तो माग सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले राखेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे ।

‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौं । सिंगो संसद् यसप्रति गम्भीर छ भन्ने अनुभूति देशले गर्ने गरी संसद्‍मा शिक्षामन्त्रीज्यूले विषयवस्तु राख्नुपर्छ । उहाँले संसद्‍मार्फत सिंगो देशलाई जानकारी गराउनुपर्छ,’ सांसद थापाले भने ।

एमाले सांसद थापाले आइतबार शिक्षकको आन्दोलनका क्रममा वानेश्वर क्षेत्रमा घटनाप्रति दुःख व्यक्त गरे । शिक्षक र प्रहरी दुवै राष्ट्र सेवक भएको बताए । राष्ट्र सेवकमाथि आइतबारको जस्तो व्यवहार गरिनु उचित नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?