+

एएफसी यू-२० वुमन्स एसियन कप छनोट : साविक विजेता उत्तर कोरियाको समूहमा नेपाल

२०८२ वैशाख  १५ गते १३:५८ २०८२ वैशाख १५ गते १३:५८
एएफसी यू-२० वुमन्स एसियन कप छनोट : साविक विजेता उत्तर कोरियाको समूहमा नेपाल

१५ वैशाख, काठमाडौं । एएफसी यू-२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ । मलेसियाको क्वालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्र अनुसार नेपाल साविक विजेता उत्तर कोरियासँगै समूह ए मा परेको छ ।

यस समूहमा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । नेपाल रहेको समूह ए को खेलहरु भुटानमा हुनेछ ।

अघिल्लो पटक सन् २०२४ मा भएको यू-२० वुमन्स एसियन कपको पहिलो चरणको छनोट पार गर्दै नेपाल दोस्रो चरणमा सम्म पुगेको थियो । सन् २०२३ मा भएको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई पछि पार्दै दोस्रो चरणमा पुगेको थियो । तर दोस्रो चरणमा भने नेपाल जितविहिन हुँदै बाहिरियो ।

यस पटक सिधै एक चरणको छनोट मात्र हुनेछ । जहाँ एसियाका ३३ राष्ट्रलाई विभिन्न ८ समूहमा बाँडिएको छ । नेपाल रहेको समूह ए मा पाँच टिम रहँदा अन्य ७ समूहमा चार-चार टिम छन् ।

क्वालिफायरको खेलहरु आगामी अगष्ट २ देखि १० सम्म हुनेछ । छनोट चरणबाट ११ राष्ट्र अर्को वर्ष अप्रलिमा थाइल्याण्डमा हुने एएफसी यू-२० वुमन्स एसियन कपमा छनोट हुनेछन् । थाइल्याण्ड भने आयोजकको हैसियतमा स्वत छनोट भइसकेको छ ।

८ समूहको समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता मध्येबाट ३ उत्कृष्ट टिमले पनि यू-२० वुमन्स एसियन कपको टिकट काट्नेछन् ।

एएफसी यू-२० वुमन्स एसियन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय