
१५ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घट्दा पनि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ ।
फाइनान्स सबैभन्दा धेरै १.४० प्रतिशत बढ्यो । लगातार घटेको छ कारोबार दिनपछि बल्ल फाइनान्स सेक्टर बढेको हो । त्यस्तै व्यापार ०.४२ प्रतिशत बढ्यो ।
यी दुईबाहेक सबै सेक्टर घटेका छन् । अघिल्लो दिनसम्म आकर्षणमा रहेको लगानी सेक्टर भने आज सबैभन्दा धेरै २.१४ प्रतिशत घट्यो । बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घटे ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७, मानुषी लघुवित्तको ५.७९ प्रतिशत मूल्य बढ्यो ।
सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । युनिभर्सल पावरको ४.८०, त्रिशुली जलविद्युतको ४.७९ प्रतिशत घट्यो ।
धेरै रकमको कारोबार भएका कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4