+
+
Shares

राजावादी सभामा पुगेर एमाले छाडेकी चौधरीले भनिन्- जबज त्रिशूलीमा बगिसक्यो

उनले भनिन्, ‘के म यो बिर्सन सक्छु ? त्यसकारण अब राजसंस्था पुनर्स्थापना नभइ राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १५:२१

१५ वैशाख, काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको टिप्पणी गरेकी छिन् ।

राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् ।

उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् । पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् ।

सोही क्रममा सोमबार भृकुटिमण्डपमा आयोजना भएको सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’

उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।

‘म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएका कारणले मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर मारे । म यो बिर्सन सक्छु,’ उनले भनिन्, ‘के म यो बिर्सन सक्छु ? त्यसकारण अब राजसंस्था पुनरस्थापना नभइ राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन ।’

देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?