
काठमाडौं । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोर एकै स्थानमा रहेको काठमाडौं कमलादीस्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुने भएको छ ।
१८ वैशाखदेखि सुरु हुने महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत विद्युतीय सामग्रीमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई, लजिटेक, प्रोलिंक, थर्मल टेकजस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने जनाइएको छ ।
प्लाजामा नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोर छन् ।
महोत्सव अवधिभरि यी स्टोरमा विभिन्न सामग्री खरिद वा भिजिट गर्दा दैनिक गिभअवे मार्फत विभिन्न उपहार पनि प्राप्त गर्न सकिने छ ।
१८ वैशाखदेखि सुरु हुने यो अफर २४ वैशाखसम्म उपलब्ध हुनेछ । उक्त अवधिभरि आईटी प्लाजामा उल्लिखित ब्रान्डका विभिन्न सामग्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन समेत सकिने छ ।
लक्की ड्रमार्फत एक जना ग्राहकले एसर निट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् । यस्तै फोटो कन्टेस्ट मार्फत दैनिक ५ जना भिजिटरले विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् ।
विजेताको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन–बिल्डिङ डिस्प्ले मार्फत गरिने छ ।
प्रतिक्रिया 4