+
+
Shares

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्य सम्झौता

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सहसंस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १६:३१

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता भएको छ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सहसंस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालको उपस्थितिमा भएको सम्झौताले दुवै संस्थाले स्थानीय उद्यमीका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, व्यापार र प्रविधिमा सिप विकास कार्यशाला आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उद्देश्य लिएको छ ।

त्यसैगरी स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणाली प्रवर्द्धन गर्ने, उद्यमशिलता सम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा व्यावसायिक संस्थाबीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशील सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोडिदिने कार्यको थालनी हुनेछ ।’

त्यस्तै फिक्कल गाउँपालिका अध्यक्ष सुनुवारले भनिन, ‘यो समझदारी हाम्रो समुदायका लागि रूपान्तरणकारी कदम हो । टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सिप अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने छ ।’

टीबीसी इन्क्युबेसन सेन्टर प्रमुख पौडेलले पनि आफूहरू नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकाले यो साझेदारी महत्त्वपूर्ण रहेको बताए ।

समझदारी अनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘स्टेयरिङ कमिटी’ गठन गरी कार्यक्रमको योजना, कार्यान्वयन र मूल्यांकनको जिम्मा लिनेछन् ।

प्रारम्भिक कार्यक्रमहरू साझा स्रोत प्रयोगबाट सुरु गरिने छ भने दीर्घकालीन योजना तथा ठूला परियोजनाका लागि वाह्य लगानी र सीएसआर खोजिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?