
१५ वैशाख, काठमाडौं । सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकठाउँ जम्मा भएका छन् ।
यसअघि दुई चिरामा विभाजन भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामो समयपछि एकै ठाउँ देखिएका छन् ।
उनीहरूले एउटै मञ्च सेयर गरे । अंकमाल गरे । र, पछिल्लो पटक बढ्दै गएको राजावादी आन्दोलनलाई समेत बल पुग्नेगरी एकताको सन्देश नै जारी गरे ।
दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्ने तर्क अघि सारेका छन् । दुवैलाई सभालाई सम्बोधन गर्दै एक हुनुको विकल्प अब नभएको पनि बताएका छन् ।
सँगसँगै गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको माहोल र १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनयता फरकफरक अभियानजस्तो चलाएका नेताहरू पनि एक ठाउँमा देखिएका छन् ।
शान्तिबाटिकामा आयोजित सभामा राप्रपाका नेताहरू धवलशमशेर राणा, महामन्त्री कुन्ति शाही लगायत पुगेका थिए ।
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत पनि सभामा पुगेका थिए ।
उनीहरू सबैले एक भएर अघि बढ्ने संकल्प समेत गरेका छन् ।
हेर्नुस् केही तस्वीरहरूः
प्रतिक्रिया 4