
१५ वैशाख, काठमाडौं । अवैध ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षीय सौरभ थुकराल छन् । विमानस्थलमा चेकिङको क्रममा उनी आइतबार पक्राउ परेका हुन् । उनी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए ।
जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4