
१५ वैशाख, काठमाडौं । राप्रपा नेपालको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटीकामा भएको राजावादी सभामा हिरासतमा रहेका राप्रपा नेता रवीन्द्र मिश्र र दुर्गा प्रसाईं लगायतलाई रिहाइको माग उठेको छ ।
सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, शिव सेना नेपालका उपाध्यक्ष गंगा चौधरी लगायतले सभालाई सम्बोधन गरेका थिए ।
उनीहरुले तीनकुने घटनामा सरकारबाटै दमन भएको बताए । थुनामा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको नाम लिँदै रिहा गर्नुपर्ने माग गरे ।
सरकारले नै कार्यक्रम नै गर्न नदिई भड्काउने योजना अनुसार अश्रुग्यास प्रहार गरेको आरोप उनीहरुले लगाएका थिए ।
उक्त सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंको नाम लिएरै रिहाइको माग गरे । अर्का प्रसाईंको महाअभियानमै रहेका व्यक्ति सतिश पोखरेलले पनि रिहाइको माग गरे ।
उनले सुरुमै सम्बोधन गर्दै प्रसाईंलाई रिहा गर्नुपर्ने माग गरेका थिए ।
*सच्याइएको
प्रतिक्रिया 4