+
+
Shares

प्रहरी हिरासतमा रहेका मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई राप्रपा अध्यक्ष लिङ्देनले भेटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १९:०५

१४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् ।

भद्रकालीस्थित प्रहरी कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले बताए । ती नेताले भने, ‘अध्यक्षज्यूले नियमित रुपमै भेट गरिरहनु भएको हुन्छ, त्यही क्रममा आज पनि भेट्नु भएको हो ।’

लिङ्देनसँगै राप्रपा सांसद् दिपकबहादुर सिंह पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भेट्न गएका थिए । प्रहरीले उनलाई थप ७ दिन हिरासतमा राख्न आइतबार मात्र अदालतबाट अनुमति लिएको थियो । त्यसअघि मिश्र र दुर्गा प्रसाईंको थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न अदालतले आदेश दिएको थियो ।

मिश्रको बयान त्यसअघि नै सकिइसकेको थियो । तर, प्रहरीले फेरि उनीविरुद्ध अनुसन्धान गर्न अझै बाँकी रहेको भन्दै थप २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताएका थिए । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उनले जिकिर गरेका थिए । मिश्र ३१ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रहरीले मिश्रविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी १५ चैतको बेलुकी अस्पतालमा घाइतेहरुलाई भेट्ने क्रममा पक्राउ परेका थिए । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि प्रहरीले छाडेको थियो ।

१५ चैतको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?