+
+
Shares

फिल्ममा प्रकाश दूतराजको डेब्यु, ‘आहुति’मा साम्राज्ञीसँग बाँधे जोडी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १९:४९
बायाँ तस्वीरमा क्रमशः रिहान गिरी, साम्राज्ञी शाह र प्रकाश दूतराज फिल्म ‘आहुति'को पाँचथरस्थित छायांकन सेटमा ।

काठमाडौं । चर्चित गायक प्रकाश दूतराजले फिल्म अभिनयमा डेब्यु गरेका छन् । उनको शीर्षमध्येको भूमिका रहेको फिल्म ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ ।

यो फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । फिल्ममा रिहान गिरीको पनि मुख्य भूमिका छ । बाल कलाकारमा आयुषी ढकाल छिन् ।

‘पहिलो फिल्म भएकाले डर र रमाइलो लागिरहेको छ’ फिल्मबारे दूतराजले अनलाइनखबरसँग भने । फिल्ममा साम्राज्ञीको अपोजिटमा प्रकाश देखिएका छन् । साम्राज्ञीले सेयर गरेको फोटोमा पनि प्रकाश र उनलाई ग्रामिण पात्रको भूमिकामा देख्न सकिन्छ ।

स्रोतका अनुसार अहिले भाग १ र २ को छायांकन भैरहेको छ । पहिलो भागको सुटिङ सकिएलगत्तै दोस्रो सुरु गर्ने तयारी छ । दोस्रो भागमा रिहानको इन्ट्री हुने बताइन्छ । रिहान ‘भ्वाइस अफ नेपाल ४’का फाइनलिस्ट र सोमबार मात्रै प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘होस्टेल ३’का कलाकार हुन् ।

गुपचुप छायांकन भैरहेको यो फिल्ममा भवानी संग्रौलाको निर्माण तथा निर्देशन छ । अनिल संग्रौला मूभी मेकरको ब्यानरमा फिल्म बनिरहेको हो । यो फिल्मको बजेट १ करोड २५ लाख बताइएको छ ।

दूतराज मर्मस्पर्शी लोकगायनले चर्चामा छन् । रिमै, घर कता हो बैनीको, रेशम, जाम भो माइली उनका सुपरहिट गीतहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?