+
+
Shares

रुसी राष्ट्रपति पुटिनले गरे तीन दिने युद्ध विरामको घोषणा

कीएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासको रूपमा घोषणा गरेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १९:५४

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनका लागि युद्ध विराम घोषणा गरेका छन्

क्रेमलिनका अनुसार दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर ८ मेदेखि १० मेसम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका हुन् ।

कीएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेका थिए । तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

‘रुसी पक्षले विजय दिवसको ८०औं वार्षिकोत्सवको अवसरमा ७ मेको मध्यरातदेखि १० मेको मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकु अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ । यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लङ्घन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए ।

कीएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासको रूपमा घोषणा गरेको आरोप लगाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ र सन् २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।

-रासस र एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?