१५ वैशाख, काठमाडौं । सुभाष श्रेष्ठको संयोजकत्वमा नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिले पूर्णता पाएको छ ।
श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उक्त समितिले ३ महिनाभित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारणसभा तथा निर्वाचन सम्पन्न गर्नेु पर्ने छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को गत २९ चैतमा बसेको १२२औं बोर्ड बैठकले श्रेष्ठलाई ब्याडमिन्टनको संयोजकमा मनोनयन गरेको थियो ।
गत १५ फागुनमा बसेको राखेपको १२१औं बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ब्याडमिन्टन संघसहित ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
अब श्रेष्ठ नेतृत्वमा रहेको तदर्थ समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशील जिल्ला तथा प्रदेश संघहरूको भेला बोलाई ३ महिनाभित्र निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिनुपर्नेछ ।
श्रेष्ठ यसअघि राखेपको बोर्ड सदस्य र नेपाल ब्याडमिन्टन संघको उपाध्यक्ष थिए ।
प्रतिक्रिया 4