
१५ वैशाख, काठमाडौं । सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् ।
‘उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियोे । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,’ उनले भने, ‘हिमपातका कारण खोजी गर्न समस्या भएको छ ।’
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन् । आइतबारदेखि लगातार भारी हिमपात भइरहेकाले पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।
प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4