
१५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।
स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् ।
यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन ।
‘मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निसर्त होस् । ऐन जारी गर्ने डेट लाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं भनेकै छौं,’ आन्दोलन परिचालन कमिटिको संयोजकसमेत रहेकी सहअध्यक्ष पराजुली भनिन् ।
२७ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4